अमेरिकाको न्युयोर्कमा क्वारेन्टाइनमा बस्नुपर्नेका लागि निशुल्क होटलको व्यवस्था « Khabarhub

अमेरिकाको न्युयोर्कमा क्वारेन्टाइनमा बस्नुपर्नेका लागि निशुल्क होटलको व्यवस्था


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको न्युयोर्कमा कोरोना भाईरसका कारण क्वारान्टाईनमा बस्नु पर्नेहरुका लागि निशुल्क होटलको व्यवस्था गरिएको छ ।

गैह्रसरकारी संस्था ‘अधिकार’ले न्युयोर्क शहरको स्वास्थ्य अस्पताल सेवा र काउन्सिल मेम्बर ड्यानिल ड्रोमसँगको समन्वयमा उक्त व्यवस्था गरेको हो ।

यो निर्देशिका न्युयोर्क शहरको स्वास्थ्य तथा अस्पताल सेवा न्युयोर्क सिटी स्वास्थ्य तथा अस्पताल(एच एच) अन्तर्गतका अस्पतालहरुमा मात्र लागु गरिएको छ।

एचएचका अनुसार यदि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु परेमा सबै खर्च तिरिएको होटेलको कोठाको माग गर्न सकिनेछ ।

https://www.facebook.com/adhikaar/posts/10157474047713253?__tn__=K-R

एच एच अन्तर्गतको अस्पतालमा आकस्मिक सेवा (ईमरजेन्सी) मा भर्ना भइ अस्पतालले क्वारेन्टाइनमा बस्न पठाएको र उपचारपछि अस्पतालले घर पठाउन लागेको अवस्थामा यो सेवा लिन सकिनेछ ।

अस्पतालमा दोभाषे आवश्यक परेमा ३११ मा फोन गरेर यो सेवा लिनका लागि अनुरोध गर्न सकिनेछ । क्वारान्टाईनका लागि निशुल्क होटेलको कोठा सहित खानपिनको पनि व्यवस्था गरिनेछ ।

त्यसको साथै अन्य रोगको लागि विषेश हेरचाह, होम केयर र स्वभाव बारे स्वास्थ (बिहेबियरल हेल्थ) सेवा पनि उपलब्ध गराईनेछ । तर होटेलमा आईसीयू सेवा भने पाईंदैन ।

अधिकारले यी जानकारी समेटिएका सूचनाहरु विभिन्न भाषाहरुमा छापेर अस्पतालको ढोकाहरुमा टाँस्न र प्रवेशद्वारमा बस्ने कर्मचारी र सुरक्षाकर्मीहरुलाई पर्चाहरु बाड्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ९ : २४ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा