चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको साङ्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

उक्त महानगरपालिकाले ३० हजार मेडिकल मास्क, एक हजार एन९५ मास्क, ५०० थान पिपिइ तथा थर्मामिटर, भेन्टिलेटरलगायत करिब रु एक करोड आठ लाख बराबरका सहयोग सामग्री उपलब्ध गराएको हो ।

नेपाल ट्रान्स हिमालयन सोसाइटीमार्फत उपलब्ध गराइएका ती सहयोग सामग्री छिट्टै नेपाल सरकारलाई प्रदान गरिने सो सोसाइटीका अध्यक्ष प्रा डा राजिवकुमार झाले जानकारी दिए ।

सियान महानगरपालिका र नेपालको बुटवल उपमहानरपालिकाबीच गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका समयमा भगिनी सम्बन्ध कायम भएको थियो ।

त्यसैले सियान नगरले बुटवललाई सहयोग सामग्री प्रदान गरेको हो । उक्त सोसाइटीका अध्यक्ष प्रा डा झाले ती सामग्रीहरु चीनमा रहेको नेपाली दूतावासमार्फत नेपाल सरकारलाई प्राप्त हुने जानकारी दिँदै चीनमा भाइरसको प्रकोप बढेका बेला नेपालले मास्कलगायत सहयोग सामग्री उपलब्ध गराउँदा चीन सरकार निकै खुशी भएको प्रसङ्ग उल्लेख गरे ।

यी सामग्रीहरु पर्याप्त नभए पनि यतिखेर कोरोना भाइरसको सम्भावित सङ्क्रमणका विरुद्ध लडिरहेको नेपालका लागि थोरै भए पनि सहयोग सिद्ध हुने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ९ : ३२ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि