चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको साङ्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

उक्त महानगरपालिकाले ३० हजार मेडिकल मास्क, एक हजार एन९५ मास्क, ५०० थान पिपिइ तथा थर्मामिटर, भेन्टिलेटरलगायत करिब रु एक करोड आठ लाख बराबरका सहयोग सामग्री उपलब्ध गराएको हो ।

नेपाल ट्रान्स हिमालयन सोसाइटीमार्फत उपलब्ध गराइएका ती सहयोग सामग्री छिट्टै नेपाल सरकारलाई प्रदान गरिने सो सोसाइटीका अध्यक्ष प्रा डा राजिवकुमार झाले जानकारी दिए ।

सियान महानगरपालिका र नेपालको बुटवल उपमहानरपालिकाबीच गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका समयमा भगिनी सम्बन्ध कायम भएको थियो ।

त्यसैले सियान नगरले बुटवललाई सहयोग सामग्री प्रदान गरेको हो । उक्त सोसाइटीका अध्यक्ष प्रा डा झाले ती सामग्रीहरु चीनमा रहेको नेपाली दूतावासमार्फत नेपाल सरकारलाई प्राप्त हुने जानकारी दिँदै चीनमा भाइरसको प्रकोप बढेका बेला नेपालले मास्कलगायत सहयोग सामग्री उपलब्ध गराउँदा चीन सरकार निकै खुशी भएको प्रसङ्ग उल्लेख गरे ।

यी सामग्रीहरु पर्याप्त नभए पनि यतिखेर कोरोना भाइरसको सम्भावित सङ्क्रमणका विरुद्ध लडिरहेको नेपालका लागि थोरै भए पनि सहयोग सिद्ध हुने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ९ : ३२ बजे

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर