आफ्ना देशका नागरिक नलैजानेलाई कारवाही गर्ने युएईको चेतावनी « Khabarhub

आफ्ना देशका नागरिक नलैजानेलाई कारवाही गर्ने युएईको चेतावनी


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोनाभाइरस महामारीको बीचमा आफ्नो देश फर्कन चाहने नगरिकलाई नलैजाने देशहरुसँगको सम्बन्धमा पुनर्विचार गर्ने चेतावनी संयुक्त अरब इमिरेट्स (युएई)ले दिएको छ ।

स्वेदश फर्कन चाहने आफ्ना नागरिकलाई लैजान अनिच्छा व्यक्त गर्ने देशसँगको सम्बन्ध श्रम सम्झौता र आपसी सहयोगका विषयमा पुनर्विचार गर्न सक्ने चेतावनी दिएको समाचार खलीज टाइम्समा प्रकाशन भएको छ ।

यस्ता देशहरुसँग श्रमिकको संख्या कटौती गर्ने देखि लिएर श्रम सम्झौता नै रद्द गर्नेसम्मको पुनर्विचार हुन सक्ने समाचारमा जनाइएको छ ।

यूएईमा कोरोनाभाइस फैलिएसँगै त्यहाँ बस्ने प्रवासी कामदारहरुले आफूहरुलाई घर फर्काउन आफ्नो देशको सरकारसँग आग्रह गरिरहेका छन् । यसरी आग्रह गर्नेहरुमा नेपालीहरु पनि छन् । युएईमा २ लाख ५० हजार नेपाली रहेको परराष्ट्र मन्त्रालयको तथ्यांक छ ।

यूएईको मानव संशाधन र एमिरेटिसेसन मन्त्रालयले यूएईको निजी क्षेत्रमा काम गर्ने नागरिकलाई आफ्नो देश फर्काउन अस्वीकार गर्ने देशहरूसँगको सम्बन्धमा पुनर्विचार गर्ने जनाएको समाचारमा उल्लेख गरिएको छ ।

मन्त्रालेले ती देशहरुसँगको आफ्नो सम्बन्ध, श्रम सम्झौता र आपसी सहयोगका विषयमा पुनर्विचार गर्ने जनाइएको छ ।

युएईमा कोरोना भाइरसका ४ हजार १ सय २३ केसहरु देखिएको छ भने भाइरस संक्रमणका कारण ६८० जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ११ : ०५ बजे

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर