डा भट्टराईको शुभकामना सन्देश : देश ‘कोरोना’ र ‘करप्सन’ भाइरस मुक्त होस् « Khabarhub

डा भट्टराईको शुभकामना सन्देश : देश ‘कोरोना’ र ‘करप्सन’ भाइरस मुक्त होस्


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्ष २०७७ साल महाउथलपुथलकारी वर्ष हुनसक्ने टिप्पणी गरेका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना दिँदै भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले २०७६ साल नेपालमा शासकले करप्सन भाइरसको महामारी थोपरेको पनि आरोप लगाएका छन् । उनले भनेका छन्, त्यसमाथि हाम्रो देशका ‘कम्युनिस्ट’को खोल ओढेका आसेपासे पुँजीवादी शासकहरूले थप करप्सन भाइरसको महामारी हामीमाथि थोपरे !

उनले नेपाली इतिहासमा ७ अंक पछाडि जोडिएको बर्ष प्रायः उथलपुथलपूर्ण रहदै आएको उल्लेख गर्दै यो बर्ष त दुइवटा सात ७७ भएको बर्ष हुनाले महाउथलपुथलकारी बर्ष हुनसक्छ पनि टिप्पणी गरेका न् । उनले भने-“देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस्। सबैको भलो होस् । हार्दिक शुभकामना!”

नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको नयाँ वर्षको शुभकामना यस्तो छ :

फेरि एक पटक एउटा बर्ष ( वि सं २०७६ ) वितेर अर्को बर्ष ( २०७७ ) शुरू भएको छ ! अर्थात् हाम्रो जीवनको ३६५ दिन वा ८,७६० घण्टा वा ५२५,६०० मिनेट वा ३१,५३६,००० सेकेण्ड सकिएको छ; हामी त्यति नै समयले मृत्यु नजिक हुँदैछौं! यो तपाईंहाम्रो इच्छानिरपेक्ष भैरहने प्रकृतिको नियम हो ।

ब्रह्माण्डको एक मात्र चेतनशील प्राणी (अहिलेसम्म थाहा भए अनुसार ) हुनुको नाताले यो समय हामीले मानव र प्रकृतिको सर्वोत्तम हितमा लगाउन सक्छौं । तर गत बर्ष हामीले सामुहिक रूपमा र हाम्रा शासकहरूले विशिष्ट रूपमा गरेका गल्ती र वदमाशीका कारणले हामीलाई प्रकृतिले हाम्रो जीवनकालको सबभन्दा ठूलो दण्डको रूपमा कोरोना भाइरसको महामारी दियो!

त्यसमाथि हाम्रो देशका ‘कम्युनिस्ट’को खोल ओढेका आसेपासे पुँजीवादी शासकहरूले थप करप्सन भाइरसको महामारी हामीमाथि थोपरे ।

नेपाली इतिहासमा ७ अंक पछाडि जोडिएको बर्ष प्राय: उथलपुथलपूर्ण रहदै आएको छ। यो बर्ष त दुइवटा सात ७७ भएको बर्ष हुनाले महाउथलपुथलकारी बर्ष हुनसक्छ ! देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस् ! सबैको भलो होस्! हार्दिक शुभकामना!

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ११ : २४ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको