एक वर्षको तलब नलिने नेकपाका प्रवक्तासमेत रहेका सांसद श्रेष्ठको घोषणा | Khabarhub Khabarhub

एक वर्षको तलब नलिने नेकपाका प्रवक्तासमेत रहेका सांसद श्रेष्ठको घोषणा


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारु दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्तासमेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

कोरोना भाइरसबाट उत्पन्न संकटको सामाना गरिएको र यस्तो बेलामा एकतावद्ध भइ भूमिका खेल्न जरुरी रहेको नेता श्रेष्ठले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले आफूले राष्ट्रिय सभा सदस्यको रुपमा पाउने तलब मध्ये दुई महिनाको तलब कोभिड १९ कोष र बाँकी बिपन्न बर्ग केन्द्रित आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।

नेता श्रेष्ठले लेखेका छन्, “हामी अहिले कोभिड–१९ र उत्पन्न सँकटको सामना गरिरहेका छौं।यसबेला एकताबद्ध भई आ–आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ। यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड–१९ कोष र बाँकी बिपन्न बर्ग केन्दृत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछु।”

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ११ : २७ बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल