कर्णालीमा र्‍यापिड टेस्टका लागि स्वास्थ्य टोली खटाइयो « Khabarhub

कर्णालीमा र्‍यापिड टेस्टका लागि स्वास्थ्य टोली खटाइयो


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीमा कोभिड–१९ सङ्क्रमण परीक्षण गर्न र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँ–गाउँमा खटिएका छन् ।

विदेशबाट फर्किएकाहरुमा कोरोनाको सङ्क्रमण भए/नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सम्बन्धित जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशक डा रीता भण्डारीले कर्णालीका सबै जिल्लामा गरी पाँच हजार किट नमूना सङ्कलन गरिने बताए । उनका अनुसार आरडिटी विधिबाट परीक्षण गरिँदा भारतसहित तेस्रो मुलुकबाट फर्किएका सबैको अनिवार्य र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएमा उनीहरुलाई प्राथमिकता दिइनेछ । दैलेख र डोल्पामा किटसहित स्वास्थ्यकर्मी पठाउन बाँकी छ । दैलेख जिल्ला अस्पतालले स्वाब सङ्कलन गरेर प्रदेश अस्पताल सुर्खेत पठाउन गरेको छ ।

यसअघि उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावमा ‘थ्रोट स्वाब’ सङ्कलनमा समस्या भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पिपिई, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराएपछि दु्रत परीक्षण (र्‍यापिड टेस्ट) का लागि स्वास्थ्यकर्मी पठाउन सहज भएको बताइएको छ । कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेका छैनन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १२ : ३६ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर