लकडाउनपछिको राहात– मोरङमा मात्रै १२ लाख किलो चामल वितरण « Khabarhub

लकडाउनपछिको राहात– मोरङमा मात्रै १२ लाख किलो चामल वितरण


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको बन्दाबन्दी ‘लकडाउन’का कारण रोजगारी गुमाएका विपन्न एवं गरिब परिवारलाई राहत वितरण गर्ने योजनाअनुरुप मोरङमा १२ लाख २६ हजार ९७७ केजी चामल वितरण भइसकेको छ ।

कोभिड–१९ को जोखिम हुन नदिन जारी भएको लकडाउनको आज (सोमबार) २१ औँ दिन हो । लकडाउनका कारण दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरका परिवार अप्ठ्यारोमा परेका छन् । त्यस्ता वर्गलाई जीविकोपार्जन गर्न राहत वितरण गर्ने नीति अनुरुप स्थानीय तहले राहत वितरण गर्न थालेका हुन ।

एक महानगरपालिका, तीन नगरपालिका र १३ गाउँपालिका रहेको मोरङमा हालसम्म वितरीत राहत सामग्रीमा दाल १ लाख १५ हजार ९०२ केजी, आलु ६१ हजार ९०३ केजी, नून ८५ हजार २५ केजी, खाने तेल ४४ हजार ८९८ लिटर, साबुन ७५ हजार ९४१ वटा, चिउरा दुई हजार २५४ केजी, भुजा २१८ केजी, दुई तीन हजार ३७ लिटर, चना १२५ केजी, प्याज १३० केजी, चाउचाउ सात हजार १४० थान र खाना प्यकिङ ५५० रहेको जिल्ला प्रहरी कार्यालयका मोरङका नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

यहाँ सबैभन्दा बढी विराटनगर महानगरपालिकाले २६ हजार २६८ घरधुरी र सबैभन्दा कम सुनवर्षी गाउँपालिकाले २ हजार ४९२ घरधुरीमा राहत वितरण गरेको नायब उपरीक्षक राइले बताए ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  २ : ५१ बजे

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी नेकपा (एमाले) को सबै जिम्मेवारीबाट

राजदूतहरूसँग प्रधानमन्त्री शाहले : सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल विश्वास गर्छ

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको

उपसभामुखको निर्वाचन शुक्रबार गरिने

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन