नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्दा सिरहाको सीमा क्षेत्रमा झडप « Khabarhub

नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्दा सिरहाको सीमा क्षेत्रमा झडप


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्ने क्रममा सप्तरीको नेपाल भारत सीमा क्षेत्रमा झडप भएको छ ।

झडपका क्रममा सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका एक जवान घाइते भएका छन् ।

सिरहा नगरपालिका–१९ सोहर्वास्थित नाकाबाट सोमबार बिहान १ जना भारतीय नागरिक हातमा ल्याक्टोजिन दूध बोकेर नेपाल प्रवेश गर्न खोजेका थिए । सशस्त्र प्रहरीले उनलाई नेपाल प्रवेश गर्न नदिइ भारततर्फ फिर्ता पठाएको थियो ।

उनी फिर्ता भएको केही समयमै करिब २० जनाको समूहमा आएका भारतीय नागरिकले सीमा क्षेत्रबाट २ मिटर नेपालतर्फ प्रवेश गरी सुरक्षाकर्मीको टोलीमाथि ढुङ्गामुडा प्रहार गरेका थिए ।

भारतीय नागरिकले प्रहार गरेको ढुङ्गामुडाबाट सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी बलका जवान राजनकुमार चौधरी घाइते भएका सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रविण कँडेलले जानकारी दिए ।

एसपी कँडेलका अनुसार सुरक्षाकर्मीमाथि ढुङ्गामुडा प्रहार गर्ने एक भारतीयलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका भारतीय नागरिकमा भारत महुलिया घर भएका मोहनकुमार यादव छन् । उनी भारतीय सीमा सुरक्षा बल ६७२ बटालियमा कार्यरत रहेका खुलेको एसपी कँडेलले जानकारी दिए ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ३ : ५३ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड