नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो « Khabarhub

नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो ।

कैलालीको लम्कीचुहा घर भएकी ६५ वर्षीया महिला र रौतहटका १९ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

१३ औं केसको रुपमा कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो भने रौतहटका युवकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएकी कैलालीकी ६५ वर्षीया महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनी चैतको दोस्रो साता मात्रै पर्साको वीरगन्जबाट कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित आफ्नो घर आइपुगेकी थिइन् ।

पछिल्लो पटक कैलाली र रौतहटमा थप २ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको हो । जसमध्येका १ जना उपचारपछि निको भइसकेका छन् ।

बाँकी संक्रमितमध्ये ५ जनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, ३ जनाको पर्साको वीरगन्जस्थित नारायणी अस्पताल, २ जनाको बाग्लुङको धौलागिरी अस्पताल तथा २ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ४ : २९ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको