सप्तरीमा एक युवक मृतावस्थामा फेला | Khabarhub Khabarhub

सप्तरीमा एक युवक मृतावस्थामा फेला


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा सोमबार बिहान एक युवकको शव भेटिएको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा उक्त युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय ती युवकको हालसम्म पहिचान हुन नसकेको र शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

युवकको मुखमा गम्भीर चोट देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

तटबन्धमा रगतका छिटासमेत देखिएकाले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ४ : ५७ बजे

चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

भद्रपुर– सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य

चीनको अन्तरिक्ष अनुसन्धानमा ‘तियानवेन–२’ को ऐतिहासिक यात्रा सुरु

बेइजिङ- चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार, ‘तियानवेन–२’ नामक यान शुक्रबार

‘कल्ली’को प्रदर्शन मिति हेरफेर, सौगात हुन् शीर्ष नायक ?

काठमाडौं – मल्टिस्टार फिल्म ‘कल्ली’को प्रदर्शन मिति हेरफेर गरिएको छ

गण्डकी आयल निगम प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

पोखरा– नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखरा अन्तर्गत गगनगौडास्थित डिपोमा