संक्रमितको पछि हिँड्दा पनि कोरोना संक्रमणको खतरा « Khabarhub

संक्रमितको पछि हिँड्दा पनि कोरोना संक्रमणको खतरा


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस ‘ड्रपलेट्स’ (हाच्छ्युँ वा खोक्दा निस्किएका थुकका छिटाहरु) हावाको माध्यमद्वारा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन्छ ।

त्यसैले मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा मुखमा हात राख्ने तथा मास्क लगाउने वा रुमालले छोप्ने सल्लाह दिने गरिन्छ ।

एक नयाँ रिसर्चका अनुसार भाइरस संक्रमित व्यक्तिको आसपासमा हुने, संक्रमित व्यक्तिको पछाडि हिँड्ने वा दौडिने मानिसमा सहजै सर्ने बताइएको छ ।

नेदरल्याण्डस्को एक टेक्नोलोजी युनिभर्सिटीका प्रोफेसर बर्ट ब्लोकन र फ्याबियो म्यालिजियाले सिम्युलेशन टेक्निकको माध्यमबाट यो भाइरसल कसरी संक्रमितबाट टाढा रहँदा पनि अन्य व्यक्तिहरुलाई ग्रस्त बनाईरहेको छ भन्ने बारेमा अनुसन्धान गरेका थिए ।

टेक्नोलोजिस्टका अनुसार कोरोना भाइरस संक्रमित व्यक्ति भन्दा ६ फिटको दुरीमा रहेका मानिसहरुमा यसले आफ्नो प्रकोप सहजै सार्न सक्छ ।

रिपोर्टमा कोरोना संक्रमित आसपासमा रहनु वा बस्नु र संक्रमित व्यक्तिको ६ फिट पछाडि वा त्यो भन्दा पनि धेरै दुरीमा रहेर दौडिने वा हिँड्ने मानिसहरुमा कोरोनाको प्रकोपको खतरा सहजै फैलिने रिसर्चबाट पत्ता लागेको छ ।

कोरोना भाइरसको ड्रपलेट्सले ६ फिटको दुरी राख्दा पनि आफ्नो प्रभाव दोश्रो व्यक्तिमा गरिरहेको हुने रिसर्चबाट पत्ता लागेको हो ।

संक्रमित व्यक्ति भन्दा पछि ६ फिटको दुरी कायम गरेर हिँड्दा वा दौडिनु भन्दा साथमै दौडिनु सुरक्षित रहेको टेक्नोलोजिस्टहरुको दाबी छ । तर त्यो भन्दा सुरक्षित भने धेरै लामो डिस्टेन्समा रहनु नै रहेको छ ।

‘न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित यस रिपोर्टमा वैज्ञानिकहरुले कोरोना भाइरस सरफेस बाहेक हावामा पनि घण्टौसम्म सक्रिय रहने दाबी गरेका थिए ।

शोधकर्ताहरुका अनुसार खोक्दा वा हाच्छ्यु गर्दा बाहिर निस्किएका छिटाहरुबाट बाहिर आएका ‘माइक्रोस्कोपिक ड्रपलेट्स’ करिव ३ घण्टासम्म हावामा सक्रिय रहन्छ ।

हावामा रहेका आधा भन्दा धेरै भाइरस पार्टिकल्स करिव ६६ मिनेटमा निष्क्रिय हुन्छ, साथै भाइरसका लगभग २५ प्रतिशत पार्टिकल्स १ घण्टासम्म एक्टिभ रहन्छ ।

कोरोना भाइरस तामाको भाँडाहरुमा जम्मा थोरै समयसम्म जीवित रहन्छ । ४६ मिनेटमा तामाका भाँडाहरुमा कोरोना भाइरसको आधा असर हराइसकेको हुनै रिसर्चरहरुको दाबी छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : १९ बजे

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी

गाजा– मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको

चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा