हुम्लामा जुम्ल्याहा बच्चाको नाम राखियो कोरोना र भाइरस ! « Khabarhub

हुम्लामा जुम्ल्याहा बच्चाको नाम राखियो कोरोना र भाइरस !


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ ।

विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।

अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको कोरोना र पछि जन्मेको छोराको नाम भाइरस राखिएका छन् । सो नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ ।

जन्मिँदा कोरानाको तौल साढे दुई केजी र भाइरसको एक केजी सात सय ग्राम रहेको अनमी बोहराले जानकारी दिइन् । अहिले जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य सामान्य छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : ४३ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,