पिपलको पूजा गर्दा मिल्ने पाँच चामत्कारिक लाभ « Khabarhub

पिपलको पूजा गर्दा मिल्ने पाँच चामत्कारिक लाभ


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पिपल बहुउपयोगी वनस्पति हो । सबैभन्दा धेरै अक्सिजन उत्पादन गर्ने पिपल वैज्ञानिक रुपमा जति उपयोगी मानिन्छ धार्मिक रुपमा पनि त्यतिकै महत्वपूर्ण छ ।

अथर्ववेदको उपवेद आयुर्वेदमा पनि धेरै रोगको उपचार गर्न पिपल उपयोगी हुने वर्णन गरिएको छ । औषधीय गुणहरुको कारणले पिपलको रुखलाई ‘कपवृक्ष’ भनिन्छ । यसको बोक्रा, पात, फलफुल, बीउ आदी सबै पिपलको तत्वहरु सबै प्रकारका बिरामीको लागि उपचारमा प्रयोग गर्न सकिन्छ ।

हिन्दु धर्ममा पिपललाई अमृततुल्य मानिएको छ । यसमा धेरै अक्सिजना हुने हुनाले प्राणवायुको भण्डारण भन्ने पनि गरिन्छ । पिपलको पातलाई सिरानमुनि राखेर सुत्दा अक्सिजनाको कमी नहुने विश्वास गरिन्छ ।

पिपलको छायाँमा स्वस्थ अक्सिजन प्राप्त गर्न सकिन्छ । यसले वातावरणलाई सन्तुलनमा राखि मानसिक शान्ति पनि दिन्छ ।

स्कन्द पुराणमा वर्णन गरिए अनुसार पिपलको रुखमा सबै भगवानहरु वास बस्छन् । हरेक मंगलबार पिपलको रुखमा पानी चढाएर ३ पटक फेरो लगाउदा गरिबी, शोक र दुर्भाग्य हट्न सक्छ । अश्रत्थ व्रत गर्दा कन्यालाई सौभाग्य प्राप्ति हुन्छ ।

शनिबार पिपलको रुखमा पूजा गरेर कालो तिलको साथमा रायोको तेलको दियो बालेर सात पटक परिक्रमा गर्दा शनिको कष्ट कम हुन्छ । साउन महिनाको शनिबार पिपलको रुखमुनि हनुमानको पूजा गर्दा सबै प्रकारको संकटबाट छुटकारा पाउन सकिन्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : २८ बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक