लण्डनबाट वेपत्ता थापामगरको शव फेला « Khabarhub

लण्डनबाट वेपत्ता थापामगरको शव फेला


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लण्डन- दक्षिण पूर्वी लण्डनको प्लमस्टिडबाट वेपत्ता धनमाया थापामगरको शव फेला परेको छ । उनी आइतबार शारीरिक अभ्यास गर्न घरबाट निस्केपछि सम्पर्कविहीन भएको थिइन ।

प्लमस्टिड कमनको झाडीमा सोमबार बेलुकी भेटिएको प्रहरीले जानकारी दिएको पारिवारिक स्रोतलाई उल्लेख गर्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)की कोषाध्यक्ष तथा ग्रीनीच एक्स गोरखा एसोसिएसन (जीगेसा) की सल्लाहकार देवीमाया पुनले जानकारी दिइन् ।

उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन । पाल्पा स्थायी घर भएकी ६५ वर्षीया धनमाया लण्डनमा श्रीमान र छोरा, बुहारीका साथ ९ वर्षदेखि बस्दै आएकी थिइन् । उनका श्रीमान रेवतबहादुर थापा जिगेसाका उपाध्यक्ष हुन् । बिदामा नेपाल गएकी उनी गत मार्च महिनामा मात्रै बेलायत फर्किएकी थिइन् ।

प्रहरीले खोजी गर्ने क्रममा धनमायाको शव फेला पारेर सोमबार राति १० बजे घरमै आएर परिवारलाई खबर गरेको थियो । शुरुमा स्थानीय प्रहरीले खोजी गर्दा धनमायालाई भेट्न नसकेपछि सोमबार साँझ मेट्रोपोलिटन पुलिसको ‘सर्च एण्ड रेस्क्यू युनिट’ले खोजी थालेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : ३५ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई