कोरोनाको त्रासले गोरखा भर्ती अनिश्चित « Khabarhub

कोरोनाको त्रासले गोरखा भर्ती अनिश्चित


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट सिर्जित समस्याको चपेटामा गोरखा भर्ती पनि परेको छ । यसवर्ष नयाँ भर्ती हुने कि नहुने अनिश्चित भएको छ ।

ब्रिटिश आर्मीले एक सूचना प्रकाशित गर्दै यस वर्ष नयाँ दर्ता र क्षेत्रीय छनौट नहुने स्पष्ट पारेको छ । “कोरोना भाइरसको महामारीले गर्दा ब्रिटिश गोरखा नेपालले ‘रिक्रुट इन्टेक २१’ को ‘रजिष्ट्रेसन’ तथा ‘रिजनल सेलेक्सन’ सुरक्षित ढंगले गर्न नसक्ने जानकारी गराउँदछौं” सूचनामा उल्लेख छ ।

सामान्य अवस्थामा गोरखा भर्तीमा भर्ना हुन इच्छुकहरुले हरेक वर्ष नाम दर्ता र क्षेत्रीय छनौटमा भाग लिन पाउँथे । यसवर्ष भने नयाँ नाम दर्ता गर्ने अवसर मिल्ने छैन । त्यसको अर्थ हुन्छ गत वर्ष नाम दर्ता भएका र छनौटमा पर्न नसकेकाहरुलाई यसवर्ष मौका दिइने छ ।

ब्रिटिश आर्मीले अवस्था सुधार भएको खण्डमा एकैचोटी केन्द्रीय छनौट गरिने बताएको छ । सो छनौटमा गतवर्ष क्षेत्रीय र केन्द्रीय छनौट प्रक्रियामा राम्रो गर्नेलाई बोलाइने बताइएको छ ।

“हामीले ‘रेक्रुट इन्टेक २०’ को ‘रिजनल’ र ‘सेन्ट्रल सेलेक्सन’मा उत्तम नतीजा ल्याएका भाइहरुलाई मात्र बोलाउने छौँ” सूचनामा भनिएको छ ।

यसरी केन्द्रीय छनौट भएमा सेप्टेम्बर १ मा ब्रिटिश गोरखा नेपालको वेभसाइटमा सूचना प्रकाशन गरिने बताइएको छ । केन्द्रीय छनौटमा को को भाग लिन पाउँछन् उनीहरुको नाम पनि वेभसाइटमा राखिने र फोनमार्फत बोलाइने जनाइएको छ ।

दुईसय वर्षभन्दा लामो इतिहास बोकेको गोरखा भर्ती यसरी बिथोलिएको विरलै थियो । दुईवटा विश्वयुद्धका बेलासमेत भर्ती रोकिएको थिएन ।

बेलायतले हरेक वर्ष नेपालबाट युवाहरुलाई बेलायती सेनामा भर्ती गर्ने गर्छ । यसवर्ष ४३२ जनालाई बेलायती सेनामा र थप १२० जना सिंगापुर प्रहरीमा भर्ती गर्ने योजना थियो ।

पहिले पहिले गल्लावालले गाउँगाउँबाट नापजाँच गरेर क्षेत्रीय छनौटका लागि गेट पास दिने गरे पनि अहिले भर्ती हुन चाहने सबैले वेभसाइटमार्फत इच्छा जाहेर गर्न पाउँछन् ।

अहिले पूर्वको धरान र पश्चिमको पोखरामा क्षेत्रीय छनौट हुने गर्दछ । यसरी छानिएकाहरुको केन्द्रीय छनौट पोखरामा हुने गरेको छ । यदि आवेदकहरु धेरै भएको अवस्थामा दर्ताकै समयमा ‘मिड थाइ टेष्ट’ शरीरको तल्लो हिस्साको मांसपेशीको शक्ति परीक्षण गरी त्यसमा पास भएकाहरुलाई मात्र क्षेत्रीय छनौटमा लग्ने गरिन्छ ।

गोरखा सैन्यमा भर्ती हुनका लागि नेपालमा वर्षेनी हजारौँ युवाहरुले आवेदन गर्ने गरेका छन् । काठमाडौँ, पोखरा, धरान लगायतका क्षेत्रमा सञ्चालित तालिम केन्द्रहरुमा छनौटका लागि हजारौँ युवाले महिनौँदेखि पूर्व तयारी गर्ने गर्दछन् ।

ब्रिटिश आर्मीको यो सूचनाले गतवर्ष छनौटमा नपरेकाहरुलाई अरु एक मौका दिएको छ भने यसवर्ष आवेदन गर्ने योजनामा रहेकाहरुलाई निराश तुल्याएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : ५० बजे

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर – कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको