मलेसियाको क्वारेन्टाइनमा राखिएका १३ सयभन्दा बढी आप्रवासी पक्राउ « Khabarhub

मलेसियाको क्वारेन्टाइनमा राखिएका १३ सयभन्दा बढी आप्रवासी पक्राउ


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका सम्भावित संक्रमित ठानिएका १३ सयभन्दा बढी आप्रवासी कामदारलाई मेलेसिया प्रहरीले पक्राउ गरेको छ ।

मलेसिया सेलायाङ बजारबाट ९८ बालबालिकासहित १ हजार ३ सय ६८ जना अवैध आप्रवासी कामदालाई पक्राउ गरिएको हो ।

केही साताअघि सेलायाङ बजारमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ घेराबन्दी गरेर विदेशी नागरिक लगायत स्थानीयवासीको पनि कोरोना जाँच गरिएको थियो ।

उक्त परीक्षणमा संक्रमण देखिएकालाई अस्पताल भर्ना गरिए पनि बाँकीलाई क्वारेन्टाइनमा राखिएको थियो ।

पक्राउ पर्नेमा म्यानमारका नागरिक ७ सय ९०,  इन्डोनेसियाली ४ सय २१ , बंगलादेशी ७८, भारतीय ५४ र पाकिस्तानी ६ जना रहेका छन ।

उनीहरूलाई मलेसियन अध्यागमन कानुन अनुसार कारवाही गरिने मलेसियन अध्यागमन विभागका महानिर्देशक खैरुल डिजाइम दाउडले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : २० बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट