काठमाडौं – अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ६९ हजारभन्दा बढी संक्रमित भएका छन् ।
स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १७६ जनाको मृत्यु भएको छ भने १ हजार ३७७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार ९२० पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६९ हजार ५२० पुगेको छ ।
१ लाख ८० हजार ४७० जना उपचारपछि निको भएका छन् ।
६२ हजार १३० जना उपचाररत छन् । त्यसमध्ये १ हजार ५३४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया