कोरोना भाइरसले खाडी मुलुकमा ५८२ जनाको मृत्यु, १ लाख ७ हजारभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ५८२ जनाको मृत्यु, १ लाख ७ हजारभन्दा बढी संक्रमित


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ५८२ जनाको मृत्यु भएको छ भने १ लाख ७ हजार २६४ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २६४ जनाको मृत्यु भएको छ । त्यहाँ ४२ हजार ९२५ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २०३ जनाको मृत्यु भएको छ भने १९ हजार ६६१ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ७५ जनाको मृत्यु भएको छ भने १० हजार २७७ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा १७ जनाको मृत्यु भएको छ भने ३ हजार ७२१ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले कतारमा १४ जनाको मृत्यु भएको छ भने २५ हजार १४९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ९ जनाको मृत्यु भएको छ । त्यहाँ ५ हजार ५३१ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ९ : ३० बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा