कोरोना भाइरसले खाडी मुलुकमा ५८२ जनाको मृत्यु, १ लाख ७ हजारभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ५८२ जनाको मृत्यु, १ लाख ७ हजारभन्दा बढी संक्रमित


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ५८२ जनाको मृत्यु भएको छ भने १ लाख ७ हजार २६४ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २६४ जनाको मृत्यु भएको छ । त्यहाँ ४२ हजार ९२५ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २०३ जनाको मृत्यु भएको छ भने १९ हजार ६६१ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ७५ जनाको मृत्यु भएको छ भने १० हजार २७७ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा १७ जनाको मृत्यु भएको छ भने ३ हजार ७२१ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले कतारमा १४ जनाको मृत्यु भएको छ भने २५ हजार १४९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ९ जनाको मृत्यु भएको छ । त्यहाँ ५ हजार ५३१ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ९ : ३० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी