नेताको कोरोना परीक्षण नसकिँदा नेकपा स्थायी कमिटी बैठक स्थगित | Khabarhub Khabarhub

नेताको कोरोना परीक्षण नसकिँदा नेकपा स्थायी कमिटी बैठक स्थगित


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आजलाई बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

बैठकमा जान तयारी गरिरहेका स्थायी कमिटी सदस्यलाई एसएमएसमार्फत बैठक स्थगित भएको सूचना दिइएको थियो । एसएमएसबाटै बैठक स्थगितको सूचना आएको नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।

‘बैठकमा जाने तयारी स्वरुप म लुगा लगाएर ठीक पर्दै थिएँ । बैठक स्थगितको म्यासेज आयो,’ पन्तले भने, ‘स्थायी कमिटी सदस्यको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी रहेर स्थगित भनिएको छ । हाम्रो त सबै ठीक छ ।’

स्थायी कमिटीका कतिपय सदस्यहरूको कोरोनाभाइरस कोभिड– १९ परीक्षण गर्न बाँकी रहेकाले स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बताएका छन् ।

नेकपाको स्थायी कमिटीमा रहेका ४५ सदस्यहरुमध्ये सांसद रहेका अधिकांशको परीक्षण सकिएको छ भने अझै परीक्षण गर्न र रिपोर्ट आउन बाँकी रहेका सदस्य रहेकाले आजको बैठक स्थगित भएको हो ।

नेकपाको पार्टी कार्यालय सचिव ईश्वरी रिजाललका अनुसार कोरोनाको जाँचपछिमात्र बैठक बस्नेछ । उनले भने, ‘बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको छ । स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस (कोभिड –१९)को परीक्षण गरेर मात्र बैठक बस्ने छ ।’

रिजालले भने, ‘केही सांसद रहेका स्थायी कमिटी सदस्यको कोभिड –१९ परीक्षण गरिएको थियो । तर केहीको बाँकी रहेकाले परीक्षण गरेर मात्र बैठक बस्ने भएको छ ।’

आजको बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम, पार्टीभित्रको आन्तरिक विवाद तथा भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल हुने कार्यतालिका थियो ।

यसअघि २५ गते स्थायी कमिटी बैठक डाक्ने निर्णय भएपछि बैशाख २४ बसेको सचिवालय बैठकमा एजेण्डा तय हुन नसकेपछि बैठक अनिश्चित बनेको थियो ।

बैशाख २४ उक्त बैठकमा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा शीर्ष नेताहरुसँग चर्काचर्की भएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बैठक नै छाडेर हिँडेका थिए ।

यसअघि सरकारको कार्यशैलीप्रति असन्तुष्ट स्थायी कमिटीका २० सदस्यहरुले अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र लेखेरै स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १० : ४२ बजे

ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ

वाशिङ्टन – अमेरिकामा रहेका तीन लाख ५० हजार भेनेजुएलीलाई डिपोर्ट

अभ्यास खेलमा दीपेन्द्र र भीमको शतकमा नेपाल १२४ रनले विजयी

काठमाडौं – आईसीसी विश्वकप लिग-२ को अभ्यासका लागि युके पुगेको

भाइ टोनी र बहिनी नेहासँग सम्बन्ध अन्त्यको घोषणा गरेको एक महिनामै सँगै देखिइन् सोनु !

काठमाडौं- भारतीय गायिका सोनु कक्कडले गत अप्रिलमा सामाजिक सञ्जालमा परिवारसँग

बाटो निर्माण ढिलाइसम्बन्धी महानगर प्रमुखलाई ध्यानाकर्षण

गण्डकी– लेखनाथ उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिका– २७, ३० र

पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान

वीरगञ्ज– अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न वीरगञ्जका विभिन्न