सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली दार्चुलाको व्यास प्रस्थान « Khabarhub

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली दार्चुलाको व्यास प्रस्थान


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले अतिक्रमण गरेको लिपुलेक लगायतको नेपाली भू-भागको सीमा सुरक्षाका लागि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली व्यास प्रस्थान गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्गरुमा सीमा निगरानी पोष्ट  (बीओपी) स्थापनाका लागि सदरमुकाममा रहेको सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्मबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेको हो ।

उक्त क्षेत्रको थप विश्लेषणपछि बीओपीमा रहने सशस्त्र प्रहरीको संख्या थपगढ हुन सक्ने सशस्त्र प्रहरीका प्रवक्ता (डीआइजी) प्रविण कुमार श्रेष्ठले जानकारी दिए ।

भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरेपछि नेपाल सरकारले त्यस क्षेत्रको निगरानी तथा सुरक्षाका लागि सशस्त्रको टोली पठाएको हो ।

उक्त स्थानमा चौकी स्थापना भएपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी संख्या १२१ वटा पुग्ने श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ११ : ०१ बजे

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध

गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड

भैरहवा – नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई

सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको