लकडाउनका कारण अमेरिकामा फसे गायक हिमाल सागर « Khabarhub

लकडाउनका कारण अमेरिकामा फसे गायक हिमाल सागर


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेका गायक हिमाल सागर लकडाउनका कारण अमेरिकामा अलपत्र परेका छन् । २० दिनको बसाइसँगै कार्यक्रमका लागि अमेरिका पुगेका सागर लकडाउनका कारण अलपत्र परेका हुन् ।

नेपालमा मात्र नभएर अमेरिकाको भर्जिनियामा पनि लकडाउन गरिएको छ, जहाँ हिमाल सागर एक साथीसँग सहारा लिएर बसिरहेका छन् ।

उनले ७० दिनदेखि आफू अलपत्र परेको बताउँदै नेपाल फर्किने वातावरण मिलाइदिन नेपाल सरकारसँग आह्वान गरेका छन् ।

उनी २८ फेब्रुअरीमा अमेरिका पुगेका थिए । त्यतिबेला अमेरिका र नेपालमा स्थिति सामान्य थियो । नयाँ वर्षको अवसर पारेर अमेरिका गएका उनी उतै फसेको बताएका छन् ।

‘अमेरिकामा महामारीले उग्र रुप लिन्छ भन्ने कसैले सोचेको थिएन, त्यतिबेला नेपालमा पनि अवस्था सामान्य थियो,’ सागरले भने ।

कोरोनाका कारण अमेरिकामा उनले अमेरिकामा गर्ने भनेका १ दर्जन कार्यक्रम पनि स्थगित भएका छन् । उनले अमेरिकाको बसाई कष्टपूर्ण भएको समेत बताए ।

हिमाल भर्जिनियाको विनचेस्टरमा एक साथीसँग आश्रय लिएर बसिरहेका छन् । उनले छिटै नेपाल आउने पाउने आशा व्यक्त गरेका छन् । भर्जिनियामा बस्ने साथी महेश भट्टसँगै बसिरहेको उनले बताए ।

शुरुमा नेपालमा कोरोनाको संक्रमण नफैलिएकाले केही दिनमा लकडाउन खोलिने आशा राखे पनि लकडाउन बढ्दै गएपछि भने चिन्ता व्यक्त भएको हिमालले बताए । उनले भने, ‘लकडाउन थप कडा हुने भन्छन्, म त यहाँ अलपत्र नै परेँ ।’

अमेरिकामा कोरोना संक्रमणले उग्र रुप लिएको छ । अमेरिकामा फैलिएको कोरोना महामारीका कारण त्यहाँ भएका नेपाली पनि प्रभावित बनेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : १२ बजे

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी