कोरोना संक्रमित युवा भारतबाट भागेर गाउँ आएको आशंकामा नरैनापुरमा उच्च सतर्कता « Khabarhub

कोरोना संक्रमित युवा भारतबाट भागेर गाउँ आएको आशंकामा नरैनापुरमा उच्च सतर्कता


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना सङ्क्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ ।

भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट सोमबार फरार भएपछि नेपाल भित्रिएर गाउँमा आएको हुन सक्ने आशङ्काले स्थानीयवासीलाई सजग बनाई खोजतलास थालिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

पन्ध्र दिनदेखि भारतको श्रावस्तीस्थित सिरसिया क्वारेन्टाइनमा रहँदै आएका नरैनापुर–३ बहाउपूर्वा गाउँका तीन युवामा परीक्षणका क्रममा लखनउस्थित प्रयोगशालाले कोरोना भाइरस पुष्टि गरेको नरैनापुर ३ का वडाध्यक्ष राजकुमार मौर्यको भनाइ छ ।

उनका अनुसार सङ्क्रमित तीनमध्ये एक युवक सोमवार बिहानदेखि क्वारेन्टाइनबाट फरार भएपछि नेपाल–भारत अवैध नाकाबाट प्रवेश गरी लुकिछिपी गाउँ फर्किने आशङ्का बढेकाले वडामा सजगता अपनाइएको छ ।

उन्नाइस, २४ र ३५ वर्षीय नेपाली युवा एक हप्ताअघि पनि क्वारेन्टाइनबाट भागेर घरमा आइबसेको पाइएपछि भारतकै क्वारेन्टाइनमा बस्न पठाइएको थियो । नेपाल–भारत मुख्य नाका जमुनाहमा आवतजावत ठप्प पारिएपछि नरैनापुर क्षेत्रमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १ : ३२ बजे

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी