कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पुल्चोकको आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सिल « Khabarhub

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पुल्चोकको आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सिल


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- कोरोना संक्रमित युवती काम गर्ने ललितपुरको पुलचोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सिल गरिएको छ ।

आरोग्य केन्द्रमा मिर्गौलाको डायलासिसलगायत उपचार हुने गरेको छ । एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो

मंगलबार राति कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया (नर्स) युवती प्रतिष्ठानकी कर्मचारी रहेको खुलेपछि उक्त प्रतिष्ठानमा सिल गरिएको हो ।

संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् ।

भक्तपुर मा बस्ने उनको हिजो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएका कारण प्रतिष्ठानलाई सिल गरिएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : १८ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर