काठमाडौं – मंगलबार एकै दिन ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा कुल संक्रमितको संख्या २१७ पुगेको छ ।
२१७ मध्ये हालसम्म सबैभन्दा धेरै पर्सामा ८२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै उदयपुरमा ३२, कपिलवस्तमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, कैलाली र काठमाडौंमा ४/४, बारा रौतहट र धनुषामा ३/३ जना, बाग्लुङ, चितवन, झापा, महोत्तरी र भक्तपुरमा २/२ जना तथा बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी, धनुषा, धादिङ र सर्लाहीमा १/१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमित भएका जनामध्ये ३३ जना संक्रमणमुक्त भएका भने १८४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया