प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक « Khabarhub

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठकमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि उत्पन्न परिस्थिति, भारतको अतिक्रमण विरुद्ध जनस्तरबाट बढेको विरोध र यो समस्या समाधानका लागि सर्वपक्षीय रुपमा चाल्नुपर्ने कदमका विषयमा छलफल हुने बुझिएको छ ।

त्यस्तै हिजो एकैदिन कोरोना संक्रमितको संख्या बढेपछि लकडाउनको व्यवस्थापन तथा कोरोना भाइरस नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  २ : ४२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग