चितवन– कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका दुवैजना निको भएका छन् ।
चितवनमा ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा संक्रमित भएका थिए ।
यसअघि छोरो निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए भने बुधबार आमा पनि निको भएर घर गएकी छन् ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले संक्रमित महिलाको छैठौं र सातौं परीक्षणमा लगातार नेगेटिभ नतिजा आएकोआधारमा उनलाई निको भएको ठहर गर्दै अस्पतालले बिदा गरेको जानकारी दिए ।
यसअघि वैशाख १३ गते उनका छोरालाई संक्रमणपछि निको भएर अस्पतालले डिस्चार्ज गरेको थियो । गत चैत्र ३ गते बेलायतबाटकाठमाडौं र चैत्र ५ गते चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरमा रहेको आफ्नो घर आएका यी दुई आमा छोरालाई कोराना संक्रमणभएको पुष्टि वैशाख ५ गते मात्रै भएको थियो ।
प्रतिक्रिया