काठमाडौं- नारायणी अस्पतालमा उपचाररत दुई जना भागेका छन् । कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा भर्ना भएका दुई जना भागेपछि प्रहरीले खोजी तीव्र पारेको छ ।
अस्पतालमा रहेको शौचालयको भेन्टिलेसन् फोडेर उनीहरु भागेको प्रहरीले जनाएको छ । उनीहरु मंगलबार अस्पतालमा भर्ना भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी विरेन्द्र बहादुर शाहीका अनुसार अस्पतालबाट भागेका दुवै संक्रमितको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।
डिएसपी शाहीले भने, ‘अस्पतालले केही समय अघि दुईजना संक्रमित अस्पतालबाटै भागेको खबर गरेपछि हामीले प्रहरी परिचालन गरेर व्यापक रुपमा खोजी जारी राखेका छौं ।’
प्रतिक्रिया