आर्थिक क्रियाकलाप सुरु नगरे रोगबाट त बचिएला तर भोकबाट बचिँदैन : मन्त्री खतिवडा « Khabarhub

आर्थिक क्रियाकलाप सुरु नगरे रोगबाट त बचिएला तर भोकबाट बचिँदैन : मन्त्री खतिवडा


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले रोग र भोकविरुद्ध लड्न केही उद्योग खोल्नुको विकल्प नभएको धारणा राखेका छन् ।

प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै उनले भोकबाट लड्न लकडाउन खुकुलो पारेर केही उद्योग खोलिएको बताए ।

उनले केही सांसदले अहिले स्वास्थ्य नै सबै कुरा भएको भन्दै उद्योग खोलेकोमा विरोध जनाएपछि खतिवडाले सो विषयमा स्पष्ट धारणा राखेका हुन् ।

उनले भने, ‘हामीले न्यूतम आर्थिक क्रियाकलाप सुरु गरेनौं भने रोगबाट त बचिएला, भोकबाट बचिँदैन । यसमा सन्तुलित भएर अघि बढ्नुपर्छ ।’

चालु कार्यक्रमको निरन्‍तरता विषयमा सांसदहरुले प्रश्न गरेको बताउँदै खतिवडाले भने, “हामी एकातिर रोगसँग लड्नु छ भने अर्कातिर भोकसँग लड्नु छ । यदी भोकसँग लड्नु छ भने भोकसँग सम्बन्धित आर्थिक क्रियाकलाप सूचारु राख्‍नैपर्छ ।”

सरकार श्रमिकहरुलाई जीवन निर्वाह गर्न सक्ने अवस्थामा पुर्‍याउने योजनामा रहेको भन्दै उनले आर्थिक क्रियाकलाप स्वतः अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याउन लागेको बजेट परम्परागत नभएको पनि दाबी गरे ।

सांसदहरुको सुझाव तथा सल्लाहको उत्तर दिँदै मन्त्री डा.खतिवडाले बजेट परम्परागत नभएर सांसदहरुको टिप्पणी गर्ने तरिका परम्परागत भएको बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : २८ बजे

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी