कपिलवस्तुका ८ कोरोना संक्रमित मध्ये ४ जना सुरक्षाकर्मी | Khabarhub Khabarhub

कपिलवस्तुका ८ कोरोना संक्रमित मध्ये ४ जना सुरक्षाकर्मी


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कपिलवस्तुमा बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएका ८ जना मध्ये ४ जना सुरक्षाकर्मी भएको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाका अनुसार आज कपिलवस्तुमा थपिएका ८ जना कोरोना संक्रमति मध्ये ४ जना ड्युटीमा खटिएका सुरक्षाकर्मी रहेका छन् ।

थापाका अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ को महेन्द्र मावि को क्वारेन्टाइमा ड्युटीमा खटिएका ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

‘कृष्णनगर नगरपालिकाको महेन्द्र माविमा रहेको क्वारेन्टाइनमा ड्युटीमा खटिनुभएका ४ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ,’ थापाले खबरहबसँग भने, ‘उहाँहरु २ जना जनपथ प्रहरी, एकजना सशस्त्र प्रहरी र एकजना अनुसन्धान तर्फका प्रहरी हुनुहुन्छ ।’

थापाका अनुसार अर्का एकजना कृष्ण नगर नगरपालिकाका कर्मचारी समेत रहेका छन् । उनी कृष्ण नगर नगरपालीकाका कृषि प्राविधिक हुन् ।

यस्तै अन्य ३ जना भने क्वारेन्टाइमा रहेका व्यक्तिहरु रहेको थापाको भनाइ छ । कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसोलेसन उपलब्ध नभएपनि उनीहरुलाई सेल्फ आइसोलेसनमै रहन भनिएको थापाले जनाकारी दिए ।

कपिलवस्तुमा भेटिएका संक्रमितलाई यसअघि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल र भिम अस्पतालमा आइसोलेसनमा राख्ने गरिएको थियो । तर, त्यहाँको आइसोलेसन संक्रमितले भरिएपछि उनीहरुलाई हाललाई सेल्फ आइसोलेसनमै रहन निर्देशन दिइएको हो ।

थापाका अनुसार आज संक्रमण पुष्टि भएका ८ जनालाई दाङको कोरोना विशेष अस्पतालमा लैजान पहल समेत भइरहेको छ ।

‘कपिलवस्तुमा संक्रमण पुष्टि भएकाहरुलाई यसअघि बुटवलको कोरोना विशेष अस्पताल र भिम अस्पतालमा राखिने गरिएको थियो, अहिले त्यहाँको आइसोलेस संक्रमितले भरिएका छन्,’ थापाले भने, ‘अस्पतालमा आइसोलेसन नभएपछि उहाँहरुलाई दाङ लैजानका लागि त्यहाँका सम्बन्धित निकायसँग छलफल भइरहेको छ, दाङमा आइसोलेसन व्यवस्थापन भएपछि मात्र उहाँहरुलाई लगिनेछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार कपिलवस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो । जसमा २२, २९, ३२, ४०,४०, ४०, ४२, ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ९ : ५६ बजे

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मन्त्री गुरुङ

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटोफिचर )

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना

पाकिस्तानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

वाशुक – बलुचिस्तानको वाशुकमा एक ट्रेलर र गाडीबीचको टक्कर हुँदा

महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा

मोरङ – नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय

९६ गड्डीको बहस : भाउजूको कथा कसले लेख्‍ने ?

काठमाडौं– भ्रष्टाचारकै कारण नेपालको विकास पछाडि परेको हो भन्ने विषयमा