रोनाल्डो पेनाल्टीमा चुक्दा पनि युभेन्टस कोप्पा इटालियाको फाइनलमा | Khabarhub Khabarhub

रोनाल्डो पेनाल्टीमा चुक्दा पनि युभेन्टस कोप्पा इटालियाको फाइनलमा


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोप्पा इटालियामा एसी मिलानसँग गोलरहित बराबरीका बाबजुद युभेन्टस फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि पनि युभेन्टस फाइनलमा प्रवेश गरेको हो ।

इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा फाइनल प्रवेश गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।

दर्शकबिना युभेन्टसको मैदानमा खेलिएको खेलको १५ औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो । आन्द्रीए कोन्टिले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । तर रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् ।

उनको प्रहार पोस्टको भित्रि भागमा लाग्दै मैदानमै फर्किएको थियो । त्यसको केही बेरमै आन्टे रेबिचले युभेन्टसका डिफेन्डर ड्यानीलोमाथि फल गरेपछि रातो कार्ड खादै मैदानबाट बाहरिदिए । त्यसपछि मिलान १० खेलाडीमा मात्र सीमित रह्यो ।

एक खेलाडी कम खेलेपनि मिलानले खेलमा युभेन्टसलाई दबाब बनाउन दिएन र खेल गोलरहित बराबरीमा सकियो ।

युभेन्टसले अब उपाधिका लागि इन्टर मिलान र नेपोलीबीच आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ५ : ४३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास