रोनाल्डो पेनाल्टीमा चुक्दा पनि युभेन्टस कोप्पा इटालियाको फाइनलमा « Khabarhub

रोनाल्डो पेनाल्टीमा चुक्दा पनि युभेन्टस कोप्पा इटालियाको फाइनलमा


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोप्पा इटालियामा एसी मिलानसँग गोलरहित बराबरीका बाबजुद युभेन्टस फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि पनि युभेन्टस फाइनलमा प्रवेश गरेको हो ।

इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा फाइनल प्रवेश गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।

दर्शकबिना युभेन्टसको मैदानमा खेलिएको खेलको १५ औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो । आन्द्रीए कोन्टिले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । तर रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् ।

उनको प्रहार पोस्टको भित्रि भागमा लाग्दै मैदानमै फर्किएको थियो । त्यसको केही बेरमै आन्टे रेबिचले युभेन्टसका डिफेन्डर ड्यानीलोमाथि फल गरेपछि रातो कार्ड खादै मैदानबाट बाहरिदिए । त्यसपछि मिलान १० खेलाडीमा मात्र सीमित रह्यो ।

एक खेलाडी कम खेलेपनि मिलानले खेलमा युभेन्टसलाई दबाब बनाउन दिएन र खेल गोलरहित बराबरीमा सकियो ।

युभेन्टसले अब उपाधिका लागि इन्टर मिलान र नेपोलीबीच आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ५ : ४३ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका