कतारबाट ५ हजार ११२ जना नेपाली स्वदेश फर्कने (नामावलीसहित) | Khabarhub Khabarhub

कतारबाट ५ हजार ११२ जना नेपाली स्वदेश फर्कने (नामावलीसहित)


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कतारबाट ५ हजार १ सय १२ जना नेपालीहरू स्वदेश फर्किने भएका छन् ।

नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको विवरणअनुसार रोजगारी गुमाएका, जटिल स्वास्थ्य अवस्था भएका, आफन्तको मृत्यु भएपछि शोकमा परेका नेपाली, अध्ययन समाप्त भएका विद्यार्थीसहित ५ हजार ११२ जना नेपाली स्वदेश फर्किन लागेका हुन् ।

उनीहरूलाई जुन १६, १७, २० र २२ तारिखमा  नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडानहरुबाट स्वदेश फर्काइने दूतावासले जनाएको छ ।

४९० अमेरिकी डलर तोकिएको हवाई टिकटको मूल्य फर्कन चाहने आफैँले तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

प्राथमिकतामा परेका यात्रुको नामावलीसहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि उनीहरुको नामावली प्रकाशित गरिने दूतावासले जनाएको छ ।

हेर्नुहोस् फर्किने नेपालीहरूको नामावली

 

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ६ : ३४ बजे

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ

पंक्षीको मासु नखाने खेवा लिम्बूहरूको लहरो

एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम।