गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार जारी गरेको बिज्ञप्ति अनुसार पर्वतका ४ र  पूर्वी नवलपरासीका एक जना गरी थप ५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको हो ।

संक्रमित हुनेमा पर्वतका कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र १७ वर्षीया युवती तथा जलजला गाउँपालिका स्थायी ठेगाना भएका १७ वर्षीय युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भएका १६ वर्षीय युवकमा छन् ।

यस्तै नवलपरासीको बर्दघाट सुस्ता पूर्व (नवलपुर)मा पर्ने मध्यविन्दु नगरपालिकाका ४५ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ७ : ४१ बजे

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको