मेसी र स्वारेज फिट, बार्सिलोनाको खेलमा मैदान उत्रने पक्का | Khabarhub Khabarhub

मेसी र स्वारेज फिट, बार्सिलोनाको खेलमा मैदान उत्रने पक्का


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको स्पेनिस ला लिगाको पुनरागमनपछि बार्सिलोनाले आज पहिलो खेल खेल्दैछ ।

शनिबार माल्लोर्का र बार्सिलोना एकअर्कासँग खेल्दै कोरोना भाइरसको जोखिमकै बीच लिगमा पुनरागमन गर्नेछन् ।

बार्सिलोनाको खेलमा फरवार्ड लुईस स्वारेज र कप्तान लियोनल मेसी मैदान उत्रिन तयार भएका छन् ।

उरुग्वेका स्टार खेलाडी स्वारेजको जनवरीमा घुँडाको अप्रेसन गरिएपछिको यो पहिलो खेल हो । आजको खेलका लागि उनी तयार रहेको जनाइएको छ ।

यस्तै थाईको समस्या झेलिरहेका मेसी पनि यहि हप्ताबाट अभ्यासमा फर्किएका छन् । लिग रोकिएको ९७ औं दिनमा हुन लागेको खेलका लागि मेसी पनि तयार भएको समाचारहरुले उल्लेख गरेका छन् ।

‘उनी राम्रो गरीरहेका छन् र अहिले कुनै समस्या छैन,’ मेसीबारे बोल्दै प्रशिक्षक क्विकी सेटिनले भने । मुख्य प्रशिक्षक सेटिनले स्वारेज पनि आफूले अपेक्षा गरेभन्दा राम्रो भएको बताएका छन् ।

 ‘उनी पनि ठिक भइसकेका छन् । जुन हामीले अपेक्षा गरेको भन्दा धेरै राम्रो हो,’ स्वारेजबारे प्रशिक्षक सेटिनले बताए ।

अहिले ला लिगाको अंक तालिकामा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड ५६ अंकसहित बार्सिलोनालाई पच्छ्याइ रहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ८ : ०० बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले