मेसी र स्वारेज फिट, बार्सिलोनाको खेलमा मैदान उत्रने पक्का « Khabarhub

मेसी र स्वारेज फिट, बार्सिलोनाको खेलमा मैदान उत्रने पक्का


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको स्पेनिस ला लिगाको पुनरागमनपछि बार्सिलोनाले आज पहिलो खेल खेल्दैछ ।

शनिबार माल्लोर्का र बार्सिलोना एकअर्कासँग खेल्दै कोरोना भाइरसको जोखिमकै बीच लिगमा पुनरागमन गर्नेछन् ।

बार्सिलोनाको खेलमा फरवार्ड लुईस स्वारेज र कप्तान लियोनल मेसी मैदान उत्रिन तयार भएका छन् ।

उरुग्वेका स्टार खेलाडी स्वारेजको जनवरीमा घुँडाको अप्रेसन गरिएपछिको यो पहिलो खेल हो । आजको खेलका लागि उनी तयार रहेको जनाइएको छ ।

यस्तै थाईको समस्या झेलिरहेका मेसी पनि यहि हप्ताबाट अभ्यासमा फर्किएका छन् । लिग रोकिएको ९७ औं दिनमा हुन लागेको खेलका लागि मेसी पनि तयार भएको समाचारहरुले उल्लेख गरेका छन् ।

‘उनी राम्रो गरीरहेका छन् र अहिले कुनै समस्या छैन,’ मेसीबारे बोल्दै प्रशिक्षक क्विकी सेटिनले भने । मुख्य प्रशिक्षक सेटिनले स्वारेज पनि आफूले अपेक्षा गरेभन्दा राम्रो भएको बताएका छन् ।

 ‘उनी पनि ठिक भइसकेका छन् । जुन हामीले अपेक्षा गरेको भन्दा धेरै राम्रो हो,’ स्वारेजबारे प्रशिक्षक सेटिनले बताए ।

अहिले ला लिगाको अंक तालिकामा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड ५६ अंकसहित बार्सिलोनालाई पच्छ्याइ रहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ८ : ०० बजे

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै