संविधान संशोधन विधेयकमा आज मतदान हुँदै « Khabarhub

संविधान संशोधन विधेयकमा आज मतदान हुँदै


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूचीमा राख्न सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमाथि आज प्रतिनिधिसभामा मतदान हुँदैछ ।

प्रतिनिधिसभाको आजको कार्यसूचीमा संविधान संशोधन प्रस्तावमाथि छलफल गरेर मतदान गर्ने तयारी भएको हो ।

कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले दफावार छलफलका लागि प्रस्ताव गर्ने र छलफल सकिएपछि पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सरकारले गत जेठ ९ गते संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो । नेपालको संविधानको अनुसूचीमा रहेको नेपालको निशान छापमा नेपालको अद्यावधिक नक्सा राख्नका लागि दर्ता भएको संशोधन विधेयकमाथि जेठ २७ गते सैद्धान्तिक छलफल सकिएको थियो ।

नेपालको संसदीय इतिहासमै पहिलोपटक ८४ जना सांसदहरुले सैद्धान्तिक छलफलका क्रममा विधेयकका पक्षमा आफ्नो धारणा समेत राखेका थिए ।

विधेयकमा सैद्धान्तिक छलफल सकिएर संशोधनका लागि निर्धारित ७२ घण्टाको समयभित्र समाजवादी पार्टीकी सांसद सरिता गिरीले संशोधन दर्ता गराएकी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल जनता समाजवादी पार्टीले संस्थागत निर्णयमार्फत संविधान संसोधन विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ९ : ०७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा