संविधान संशोधन विधेयकमा आज मतदान हुँदै « Khabarhub

संविधान संशोधन विधेयकमा आज मतदान हुँदै


३१ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूचीमा राख्न सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमाथि आज प्रतिनिधिसभामा मतदान हुँदैछ ।

प्रतिनिधिसभाको आजको कार्यसूचीमा संविधान संशोधन प्रस्तावमाथि छलफल गरेर मतदान गर्ने तयारी भएको हो ।

कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले दफावार छलफलका लागि प्रस्ताव गर्ने र छलफल सकिएपछि पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सरकारले गत जेठ ९ गते संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो । नेपालको संविधानको अनुसूचीमा रहेको नेपालको निशान छापमा नेपालको अद्यावधिक नक्सा राख्नका लागि दर्ता भएको संशोधन विधेयकमाथि जेठ २७ गते सैद्धान्तिक छलफल सकिएको थियो ।

नेपालको संसदीय इतिहासमै पहिलोपटक ८४ जना सांसदहरुले सैद्धान्तिक छलफलका क्रममा विधेयकका पक्षमा आफ्नो धारणा समेत राखेका थिए ।

विधेयकमा सैद्धान्तिक छलफल सकिएर संशोधनका लागि निर्धारित ७२ घण्टाको समयभित्र समाजवादी पार्टीकी सांसद सरिता गिरीले संशोधन दर्ता गराएकी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल जनता समाजवादी पार्टीले संस्थागत निर्णयमार्फत संविधान संसोधन विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ९ : ०७ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब