समानान्तर महाधिवेशनको तयारीमा देउवा समूह, चुनदेवीमा बैठक « Khabarhub

समानान्तर महाधिवेशनको तयारीमा देउवा समूह, चुनदेवीमा बैठक


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको तयारी तीव्र बनाएको छ। मंसिर २१ गतेदेखि समानान्तर महाधिवेशन गर्ने तयारीमा रहेको समूहले त्यसबारे छलफल गर्न चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बोलाएको हो।

१५औँ महाधिवेशन तयारी समितिको बैठकमा देउवानिकट केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वपदाधिकारी, सांसद, पूर्वसांसद र सातै प्रदेशका पदाधिकारी सहभागी छन्।

त्यस्तै, बैठकमा जिल्ला सभापति तथा संयोजक, महाधिवेशनका लागि जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि तथा भ्रातृ र शुभेच्छुक संस्थाका अध्यक्ष एवं पदाधिकारीको सहभागिता छ।

बैठकमा समानान्तर महाधिवेशनको तयारी, संगठनात्मक व्यवस्थापन र आवश्यक रणनीतिबारे छलफल हुने बताइएको छ।

देउवा समूहले मंसिर २१ गतेदेखि समानान्तर महाधिवेशन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १ : ३२ बजे

समानान्तर महाधिवेशनको तयारीमा देउवा समूह, चुनदेवीमा बैठक

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको तयारी

दुई महिनामा पोखरा-दुबई उडानबाट १३ हजार यात्रुले लिए सेवा

कास्की- पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

कास्की– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

कुमारी बैंक भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मानित

काठमाडौं– भिसा इन्टरनेसलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा कुमारी बैंक

बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने

काठमाडौँ – स्वास्थ्य बीमा परिचयपत्र साथमा नभए पनि अब त्यसको फोटोकपी