लकडाउनकै बीच सिपिङ्ग लाइन्सको ढुवानी सेवा जारी « Khabarhub

लकडाउनकै बीच सिपिङ्ग लाइन्सको ढुवानी सेवा जारी


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको राष्ट्रिय झण्डा अंकित आफ्नै नेपाली कन्टेनरमा समुद्रपारबाट सामान आयात गर्न सँधै तत्पर नेपाल सिपिङ्ग लाइन्सले लकडाउनकै बीच पनि आफ्नोसेवालाई सुचारु राखेको छ ।

विभिन्न मुलकका बन्दरगाहहरुमा नेपाल सिपिङ लाइन्सका हजारौं कन्टेनरहरु अहिले ढुवानी सेवा दिन तम्तयार छन् ।

त्यसैगरी, निर्यात कार्गोका लागि विरगंजमा सयौं कन्टेनरहरु स्टकमा राखिएको छ । भारत र अन्य तेस्रो मुलुकबाट सामान आयात गर्न अहिलेको लकडाउनका बेला कठिनाइ उत्पन्न हुनसक्ने सम्भावनालाई ध्यानमा राखी छिटो छरितो रुपमा सामग्री आयत गर्न नेपाल सिपिङ लाइन्सले आफ्नोसेवालाई सुचारु गरेको हो ।

कोरोना महामारीसँग जुध्नका लागि आवश्यक पर्ने खाद्यान्न, औषधि र स्वास्थ्य सुरक्षाजन्य सामग्रीको आयात छिटो छरितो गर्न जरुरी भइसकेको छ । त्यसो हुन नसकेकमा मुलुकमा भयावह स्थिति सिर्जना नहोला भन्न सकिन्न ।

त्यसकै लागि नेपाल सिपिङ लाइन्सले छिटो, छरितो र विश्वसनीय रुपमा सामान आयातका लागि सेवा सुचारु गरेको हो ।

त्यस्तै निर्यात गर्दा जुनसुकै समयमा पनि कन्टेनरहरु उपलब्ध हुनेभएकाले नेपालका निर्यातकर्ताहरुको समयको बचत हुन्छ । यसले गर्दा कम ढुवानीदरमा झन्झटरहित निर्यात सम्भब भएको छ । तसर्थ, निर्यात प्रबद्र्धनमा सहयोग पुग्नुका साथै विदेशी मुद्रा पलायनमा पनि कमी आएको छ ।

नेपाल सिपिङ्ग लाईन्सको सेवा लिँदा अग्रिम भुक्तानी गर्नुपर्ने झन्झटबाट पनि नेपाली आयातकर्ताहरु मुक्त हुनेछन् । साथै विदेशी मुद्रामा भुक्तानी गर्नु पर्ने झन्झट समेत रहने छैन । नेपाल सिपिङ लाइन्सको लक्ष्य गुणस्तरीय सेवा, प्रतिस्पर्धी ढुवानी दर रेट र कमभन्दा कम ट्रान्जिट समयमा सामान ढुवानी गर्नु हो । जसले गर्दा आयतकर्ताहरुको डिटेन्सन तथा अन्य सम्भावित खर्चमा समेत कमी आउनेछ । त्यसमाथि, आयातकर्ताहरुलाई डेलिभरी अर्डर पनि नेपालमै दिने व्यवस्था गरिएको नेपाल सिपिङ्ग लाइन्सका सूचना अधिकारी भावना बलायरले जानकारी दिइन ।

आफ्ना सेवाग्राहीको सन्तुष्टिका लागि नेपाल सिपिङ्ग लाईन्स सधैं प्रयत्नरत छ । नेपाल सरकारको सुखी नेपाली र समृद्ध नेपालको चाहाना पूरा गर्न आवश्यकता अनुसार कन्टेनरहरुबाट ढुवानी सेवा शुरु भैसकेको छ ।

यसरी नेपाल सिपिङ्ग लाईन्सले अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउनेछ । निकट भविष्यमा नै नेपालको आफ्नै जलमार्ग कोशी तथा गण्डक क्षेत्रमा नेपाली पानीजहाजबाट सेवा विस्तार गर्न सकिने सम्भाबना छ ।

कुल गृहस्थ उत्पादनको ५५ प्रतिशत विदेशसँग सम्बन्धित आयत–निर्यातमा निर्भर रहेकोमा ९९ प्रतिशत आयात तथा निर्यात विदेशी सिपिङ्ग तथा ढुवानी कम्पनीहरुमा निर्भर रहेको हुँदा नेपाली कम्पनीहरुलाई पनि यस्ता व्यवसायहरुमा संलग्न गराउनका साथै नेपाललाई पनि समुद्रसँग पहुच भएको राष्ट्रको रुपमा विकास गर्ने नेपाल सरकारको भिजन रहेको छ । यो सम्भावनालाई साकार पार्न नेपाल सिपिङ लाइन्स हरदम, हरहमेशा तत्पर र तल्लीन छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १० : ०५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका-७ बस्ने ४१ वर्षीय

खानेपानी र विद्युत् महसुल छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीको प्रदर्शन

काठमाडौं– खानेपानीमा लगाइएको सबै प्रकारको कर छुटको माग गर्दै उपभोक्ता

बुद्ध एयरको नेपालगञ्ज-पोखरा उडान स्थगन

नेपालगञ्ज–  करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा

ट्रम्पलाई झट्का : रिपब्लिकन सांसदकै साथ मिलेपछि सिनेटमा बढ्यो इरान युद्ध रोक्ने प्रस्ताव

वाशिङ्गटन- राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राजनीतिक झट्का दिँदै अमेरिकी सिनेटले मंगलबार

मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन ८ गतेदेखि  हुने

काठमाडौं– नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन यही जेठ