कोरोना संक्रमणको जोखिम युवाहरूमा पनि उच्च भएको डब्ल्युएचओको ठहर « Khabarhub

कोरोना संक्रमणको जोखिम युवाहरूमा पनि उच्च भएको डब्ल्युएचओको ठहर


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोनाभाइरस कोभिड-१९ बाट पछिल्लो समय महिला, बालबालिका र युवाहरुमा पनि जोखिम उच्च भएको ठहर गरेको छ ।

विकासशील र अल्पविकसित मुलुकहरूमा कोभिड-१९ बाट कम उमेरका युवा, महिला र बालबालिकाहरु बढी प्रताडित देखिएको भन्दै डब्ल्युएचओले सचेत हुन आग्रह गरेको छ ।

कोरोना संक्रमण भएर मृत्यु भएकामध्ये झण्डै २५ प्रतिशत ५० वर्षभन्दा कमका र ६० वर्षभन्दा माथिको उमेर समूहका संक्रमित मध्ये ४५ प्रतिशतको मृत्यु भएको तथ्यांक सार्वजनिक गर्दै डब्ल्युएचओले युवाहरूलाई सचेत रहन आग्रह गरेको हो ।

यसअघि ५० बर्ष भन्दा माथिका उमेर समूहमा बढी सक्रिय देखिएको भाइरसबाट संक्रमित र मृत्यु हुनेमा धेरै ७० बर्ष उमेर माथिका थिए ।

डब्ल्युएचओका प्रमुख डा. थेडरोस एडहानोम गेब्रियससले महामारीबाट मृत्युवरण गरेको संख्याले भन्दा त्यसपछिको अवस्थाले यी समूहमा अझ ठूलो समस्या र संकट ल्याउनेतर्फ सचेत रहनुपर्ने बताए ।

स्वास्थ्य संकटको घडीमा पर्याप्त सुविधा पुर्‍याउन नसक्दा विशेषगरी गर्भवती, सुत्केरी र नवजात शिशु झनै जोखिममा रहेको प्रमुख गेब्रियससले बताए ।

जेनेभामा भएको कार्यक्रममा संगठनका आकस्मिक स्वास्थ्य विभाग प्रमुख डाक्टर माइकल रायनले लकडाउन खुकुलो बनाउने नाममा धेरै देशहरुमा भौतिक दूरीलाई वेवास्ता गरिएका कारण निर्मूल भइसकेका देशमा समेत पुनः संक्रमण देखिएको बताएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १० : २१ बजे

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा