सरिता गिरीको प्रस्ताव सभामुखले अस्वीकृत गर्ने « Khabarhub

सरिता गिरीको प्रस्ताव सभामुखले अस्वीकृत गर्ने


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज संसदबाट भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसारको निशान छाप संशोधन गर्न गर्न सरकारकाले पेश गरेको विधियक पारित हुनेभएको छ ।

नयाँ नक्सा खारेज गर्न समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्तावलाई छलफलमा नलगी सरकारको संशोधन विधेयक संसदबाट पारित गर्ने भएको छ ।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसार संविधानको अनुसूची संशोधन गर्न सरकारले पेश गरेको संशोधन विधेयक खारेज गर्न सांसद गिरीले संशोधन दर्ता गराएकी थिइन ।

सभाभुख अग्नी सापकोटाका सचिवालयका एक सदस्यका अनुसार मुलुकको राष्टियता, सार्वभौमसत्ता, स्वाधीनता तथा संसद नियमावलीविपरित गिरीले प्रस्ताव राखेको भन्दै उक्त प्रस्ताव संसदको छलफलमा नलगिने संसदबाट पारित हुनेछ ।

नयाँ नक्सा अद्यावधिक गर्ने सरकारको विधेयकलाई सर्वसम्मत पारित गरेर राष्टियताको एकता सन्देश दिन सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभा नियमावलीको नियम ७४ मा मूल प्रस्तावको सिद्धान्तविपरित संशोधन राख्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । सरकारले संविधानको अनुसूची ९३० मा रहेको निशान छापभित्र रहेको मुलुकको पुरानो नक्सा परिवर्तन गर्न संशोधन विधेयक दर्ता गरेको छ । संसद नियमावलीको नियम ७६ ले संशोधन विधेयकमाथि परेका संशोधन स्वीकृत र अस्वीकृत गर्ने अधिकार सभामुखलाई दिएको छ ।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले त्यस अनुसारको संविधानको अनूसूचीमा रहेको नक्सा अद्यावधि गर्न जेठ ९ मा संशोधन विधेयक संसदमा दर्ता गरेको थियो ।

राष्टियता, भौगोलिक अखण्डता र स्वाधिनताका पक्षमा एक हुने भन्दै उक्त संशोधन विधेयकलाई सैद्धान्तिक रुपमा सबै दलले स्वीकार गरेका छन् । प्रतिनिधिसभामा जेठ २७ गते संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने सरकारको प्रस्तावका पक्षमा सबै दल एक भएका थिए ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ११ : २३ बजे

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी, मन्त्री यादवलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ– लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन