वीरगञ्जमा कोरोना संक्रमित २ जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ पुग्यो | Khabarhub Khabarhub

वीरगञ्जमा कोरोना संक्रमित २ जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ पुग्यो


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

डा सिंहका अनुसार कोरोना पुष्टि हुने मृतक पाँच वर्षे बालक र अन्दाजी ३० देखि ३५ वर्षका पुरुष छन् ।

वीरगञ्जका बालक निमोनिया भएर अस्पतालमा उपचार गर्न आएका थिए । वीरगन्जको एक निजी अस्पतालमा उपचार गर्न आएका उनको कोरोना आशंका गरी स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा सिंहले बताए ।

त्यस्तै अर्का एक बेवारिसे अवस्थामा शव फेला परेका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । अन्दाजी ३० देखि ३५ वर्ष उमेरको पुरुष वीरगञ्ज घण्टाघर परिसरमा मृत फेला परेका थिए । उनमा पनि कोरोनाको आशंकामा स्वाव परीक्षण गर्दा पोजेटिभ देखिएको डा सिंहले बताए ।

यी दुवै मृतकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि गरेको छैन । यसअघि नेपालमा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । वीरगञ्जमा २ जनाको मृत्युभएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १ : ३१ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले