संविधान संशोधन विधेयकमाथिको मतदानमा १२ सांसद अनुपस्थित « Khabarhub

संविधान संशोधन विधेयकमाथिको मतदानमा १२ सांसद अनुपस्थित


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेश गर्नलाई संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दिनँ भन्नेमा पनि कुनै पनि मत नपरेकाले विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

संविधान संशोधन विधेयकमाथिको मतदानमा केही सांसदहरु भने अनुपस्थित रहेका थिए ।

शनिबारको बैठकमा सांसदहरु अमृता देवी अग्रहरी, गोपाल बहादुर बम , दुलारी देवी खत्वेनी , धनबहादुर बुढा, नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी, हरिबोल गजुरेल, ज्ञान कुमारी छन्त्याल र सरिता गिरी अनुपस्थित थिए ।

यसैगरी सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी , मोहम्मत अफ्ताब आलम जेलमा छन्, बिजय कुमार गच्छदार निलम्बित छन् ।सांसद सरिता गिरी बैठक बहिष्कार गरेर बाहिर निस्किएकी थिइन।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ६ : ५१ बजे

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल