सरकार विरोधी प्रदर्शनलाई लिएर मनिषाले लेखिन्- यो उचित समय होइन  « Khabarhub

सरकार विरोधी प्रदर्शनलाई लिएर मनिषाले लेखिन्- यो उचित समय होइन 


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले सरकारविरुद्ध भइरहेको प्रदर्शनलाई लिएर आजको दिन प्रदर्शन गर्न उचित समय नभएको जनाएकी छिन् ।

उनले कम्तिमा आजको दिन सरकारलाई सडकबाट दवाव दिनु (प्रदर्शन गर्नु) उचित नभएको जनाएकी हुन् ।

संघीय संसदमा आज (शनिबार) देशको नयाँ नक्सालाई आधिकारिकता दिने गरी संविधान संशोधन गर्ने महत्वपूर्ण काम भएका बेला युवाहरुले आन्दोलन गर्न नुहेने बताएकी हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा मनिषाले लेखेकी छन्, ‘टाइमिङमा निश्चितरुपमा प्रश्न उठाउन योग्य छ । मैले सँधै महसुस गरेकी छु कि सरकार पारदर्शी हुनुपर्छ । सरकारले अहिले यति ठूलो कदम चाल्न गइरहेको छ । प्रदर्शनमा किन यसलाई समर्थन थोरै मात्रै मिलिरहेको छ ? आजकै दिन कि उनीहरु सरकारमाथि दवाव दिइरहेका छन् ?’

यसअघि मन्त्रिपरिषदले लिपुलेक, लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा पारित गर्दा मनिषाले त्यसको समर्थनमा ट्वीट गरेकी थिइन् ।

उक्त ट्वीटलाई लिएर भारतीय मिडियाहरु मनिषामाथि निकै खनिएका थिए ।

एक साताअघि मनिषा परिवारसहित भारतबाट नेपाल आएकी मनिषा एक होटेलको क्वारेन्टाइनमा बसिरहेकी छन् ।

उनले कोरोना भाइरसको संक्रमण फैलिने खतराकाबीच आन्दोलन तथा भीडभाड गर्न नहुनेतर्फ पनि सचेत गराएकी छिन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ७ : ३१ बजे

ठेक्का तोड्नमै चार महिना बिताएका कुलमानले दिएनन् निकासको बाटो

काठमाडौं- हिउँदयाम, विकासे कामका लागि उपयुक्त समय हो । हिउँदमा

प्रदेशमा विकास निर्माण तथा योजनाको कार्य ठेक्का प्रक्रियाबाट हुने : मुख्यमन्त्री यादव

जनकपुरधाम–  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सुशासन कायम

पहिले केरायुद्ध, अहिले तेलयुद्ध !

काठमाडौं- ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको हस्तक्षेपकारी नीति नौलो विषय

‘श्रीमतिले गायन त्यागेर मलाई नायक बनाइन्’

काठमाडौं – नायक दयाहाङ राई स्टारर फिल्म ‘मिरमिर’मा समावेश एक