राष्ट्रियताका पक्षमा राष्ट्रिय एकता ऐतिहासिक : कांग्रेस « Khabarhub

राष्ट्रियताका पक्षमा राष्ट्रिय एकता ऐतिहासिक : कांग्रेस


३१ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेर नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक महत्वपूर्ण भएको जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत नयाँ नक्सा पारित भएसँगै भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश भएको उल्लेख गरेका छन् ।

“राष्ट्रियताको पक्षमा आज प्रस्तुत राष्ट्रिय ऐक्यवद्धता पछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्वाध ढङ्गले स्थापित गर्न सरकारले यो राष्ट्रिय एकतालाई परिपक्व ढङ्गले उपयोग गर्न जरुरी छ र त्यो क्षमता सरकारले प्रस्तुत गर्नुपर्दछ” उहाँले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

काँग्रेसले उच्चस्तरीय कुटनैतिक पहल प्रभावकारी र परिणाममुखी ढङ्गले गर्न सरकारलाई आग्रह गरेको छ ।

जब राष्ट्रियताको प्रश्न आउँछ या कुनै पनि राष्ट्रिय महत्वको विषय आउँछ काँग्रेस संयमतापूर्वक सदैव संस्थागत निर्णय एवम् सुस्पस्ट विचारका साथ दृढ ढङ्गले उभिँदै आएको र आगामी दिनमा पनि त्यसरी नै उभिने प्रवक्ता शर्माले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ९ : ५८ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न