भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि, पाँच दिनमा एक लाख ३५ हजारमा संक्रमण « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि, पाँच दिनमा एक लाख ३५ हजारमा संक्रमण


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा पाँच दिनयता कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ ।

सोमबार बिहानसम्म ८ लाख ७९ हजार ४६६ जनामा संक्रमण पुष्टि भएकोमा ५ दिनमा संक्रमित हुनेको संख्या मात्रै १ लाख ३५ हजार ९६५ छ ।

बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार २५ हजार ८०३, शनिबार २७ हजार ७२८, आइतबार २७ हजार ७५५ र सोमबार २९ हजार १०८ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार १८७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५०० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म संक्रमितमध्ये ५ लाख ५४ हजार ४२९ संक्रमणमुक्त भएका छन् भने ३ लाख १ हजार ८५० जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ५ : २४ बजे

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका

सुदूरपश्चिम प्रदेशसभा : संशोधन विधेयकको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको