मार्सी धान गोडमेलको चटारो « Khabarhub

मार्सी धान गोडमेलको चटारो


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- रोपाइँ गरेको महिना दिनपछि जुम्लामा अहिले मार्सी धान गोडमेलको चटारो चलेको छ । यहाँको सिञ्जा, पानसय भेग, बजार र गुठीचौरमा अहिले मार्सी धान गोड्न कृषकलाई भ्याइनभ्याइ छ । धान खेतीको मौसमअनुसार असारमा गोड्न शुरु गरिने यहाँको धान अहिले गोडिएको हो ।

कोरोनाका कारण उत्साह नभए पनि बन्दाबन्दीको पालना गर्दै यस वर्षको रोपाइँ सम्पन्न गरेका किसानले अहिले गोडमेलको कामलाई दैनिक खेतमा बिताइरहेका देखिन्छन् ।

यस समयमा महिलाले गोडमेल गर्ने र पुरुषले खेत छाल्ने काम गर्छन् । मार्सी धान गोड्न निकै मेहनत लाग्ने किसानले बताएका छन् । धानबाहेकका सबै झारपात उखेलेर फाल्नुपर्ने भएकाले निकै सङ्घर्ष हुने गरेको किसानले बताएका छन् ।

अन्य बालीभन्दा धानमा बढी नै दुःख गर्नुपर्ने भएको चन्दननाथ नगरपालिका–३ का धनबहादुर बुढ्थापाले जानकारी दिए । उनका अनुसार बेर्ना राख्नेदेखि गोडमेल र धान भित्र्याउँदासम्म मार्सीलाई अन्य धानभन्दा बढी स्याहारको आवश्यकता हुन्छ ।

जिल्लाको तातोपानी गाउँपालिकामा रहेको लाछु ज्यूलोमा पनि अहिले किसान मार्सी गोड्न व्यस्त छन् । बाह्रौँ शताब्दीमा मार्सी धान सबैभन्दा पहिले रोपिएको सो ज्यूलामा निकै राम्रो धान उत्पादन हुने गरेको छ । यसैगरी सिञ्जा क्षेत्रमा पनि प्रशस्तै मार्सी धान उत्पादन हुने गरेको छ ।

पछिल्लो समयमा ब्लास्ट रोगले हैरान बनाएकाले धान धेरै मात्रामा खेर जानेसमेत गरेको पाइन्छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरेदेखि खेतमा औषधि हाल्नसमेत रोक लगाइएको बताए ।

“प्राङ्गारिक जिल्लाको पूर्वाधार तयार गर्ने कार्यक्रम अबको आवश्यकता हो”, उनले भने । उनका अनुसार जुम्लामा एक हजार ३०० हेक्टर जमीनमा मार्सी धान रोपिने गरेको छ ।

यता कृषि अनुसन्धान कार्यालयले मार्सी धान रोगले जोगाउन कठिन भएकाले मार्सीको विकल्पमा चन्दननाथ–१ नामक धानसमेत अनुसन्धान गरी रोप्न शुरु गरिएको जानकारी दिएको छ । पछिल्लो समयमा चन्दननाथ १ को खेती विस्तार भइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ११ : ०४ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।