नेपाली फिल्म क्षेत्रमा काण्डै काण्ड ! | Khabarhub Khabarhub

नेपाली फिल्म क्षेत्रमा काण्डै काण्ड !


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका बेला फिल्म क्षेत्र कसरी अझै राम्रो बनाउन सकिन्छ भनेर फिल्मकर्मी तथा कलाकारबीच बहस हुनेछ भन्नेमा धेरैले अनुमान गरेका थिए ।

नेपाली फिल्म राम्रा हुँदैनन् भनेर दर्शक तथा समीक्षकले भन्दै आएका छन् । मेकरले फिल्मको स्तरीयतामा जोड दिने र कलाकारले आफ्नो अभिनयमा सुधार गर्नेछन् भन्ने धेरैलाई लागेको थियो ।

किनकि, लकडाउनका बेला दर्शकले झनै धेरै फिल्म हेरेका छन् । नेपाली मात्र होइन, दर्शकले विश्वभरका फिल्महरु हेरिरहेका छन् ।

अब नेपाली फिल्ममेकरलाई पनि थप स्तरीय फिल्म बनाउनुपर्ने दबाब बढेको छ । त्यसैले धेरैलाई लागेको थियो, यो लकडाउनका बेला फिल्ममाथि व्यापक बहस हुनेछ ।

तर, नेपाली सेलिब्रेटी भने फिल्मको सिर्जनात्मक बहसभन्दा वाहियात फण्डाका कारण चर्चामा आएका छन् । लकडाउनका बेला केही कलाकारलाई फण्डाले नै चर्चामा ल्याइदियो । त्यस्ता के फण्डा मच्चिए त ?

पूजा शर्माले भनिन् – ७२ प्रदेश १४ जिल्ला

कलाकार पूजा शर्माले एक अन्तर्वार्ताका क्रममा नेपालमा ७२ प्रदेश र १४ जिल्ला भएको बताइन् । यो अभिव्यक्तिका कारण लामो समय उनी ट्रोलको शिकार बनिन् ।

नेपालमा कति जिल्ला छन् भन्ने समेत थाहा नभएको भन्दै कतिपयले नेपाली कलाकारको जिम्मेवारीप्रति नै प्रश्न उठाए । नेपालमा कति प्रदेश छन् भन्ने पनि थाहा नपाएको भन्दै उनको चौतर्फी आलोचना भयो ।

निर्देशक सुदर्शन थापा र एकाध फिल्मकर्मीबाहेक उनको पक्षमा अरु कोही बोलेनन् । पूजाले पनि उक्त अभिव्यक्ति भाइरल भए पनि केही प्रतिक्रिया जनाइनन् ।

दीपाश्री निरौलाको महानायक प्रकरण

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले एक अन्तर्वार्ताका क्रममा राजेश हमाललाई पत्रकार र प्राविधिक संघले महानायक बनाइदिएको टिप्पणी गरेपछि उनी विवादमा तानिइन् ।

‘महानायक’ काण्डले यति उग्र रुप लियो कि, दीपाश्री निरौलालाई यो अन्तर्वार्ताले ठूलो तनाव बेहोर्नुपर्‍यो । निरौलालाई महानायिका भनेर सामाजिक सञ्जालमा व्यङ्ग्य समेत गरियो । कतिपयले उनलाई तल्लो स्तरसम्म झरेर तुच्छ गालीसमेत गरे ।

यही विषयमा टिप्पणी गर्दै अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा स्टाटस लेखे । उनले अन्तर्वार्ता दिँदा कलाकारले ख्याल गर्नुपर्ने र होसियार हुनुपर्ने विषय उठाएका थिए । तर, दीपकले आफ्नो ग्याङ सदस्य दीपाश्री निरौलाको समर्थन गरेको भन्दै हमालका फ्यानले दीपकराज गिरीलाई पनि गाली गरे ।

कतिले त हमाललाई महानायक नभनेको भन्दै दीपकराज गिरीलाई व्यङ्ग्य गर्दै महानायक बनाए । अहिले उनले पनि यसको स्पष्टीकरण दिइरहनुपरेको छ । हालै उनले आफ्नो ब्राण्डमाथि ‘साइबर बुलिङ’ भइरहेको बताएका थिए ।

भुवन केसी र साम्राज्ञी शाहको आरोप प्रत्यारोप

यो लकडाउनका बेला सबैभन्दा चर्चित बनेको अर्को विषय हो, भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको दुष्मनी ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालमार्फत आफू भुवन केसीबाट ‘घिनलाग्दो व्यवहार’ को शिकार भएको बताएपछि यो विषय चर्चामा छ । यी दुईको ‘सामाजिक सञ्जाल वार’ यति अगाडि बढ्यो कि, भुवन र साम्राज्ञीलाई लिएर सामाजिक सञ्जालमा ठूलै बहस भयो ।

भुवनले पनि साम्राज्ञीले चरित्रहत्या गरेको र आफूले दुर्व्यवहार नगरेको दोहोराइरहे । साम्राज्ञीले पनि भुवनमाथि दुर्व्यवहार गरेको आरोप लगाइरहिन् ।

पछिल्लो समय भने साम्राज्ञी चुप छिन् । उनले महिलाको शक्ति सम्झाउँदै भुवनलाई चेतावनी दिएकी छिन् । यता भुवन भने मिडियामा आएर आफूले दुर्व्यवहार नगरेको स्पष्टीकरण दिइरहेका छन् ।

सन्दीप क्षेत्रीले मधेशी समुदायलाई चोट पुर्‍याएको आरोप

हास्यकलाकार सन्दीप क्षेत्रीले सञ्चालन गर्ने कार्यक्रम ‘ह्वाट द फ्लप’ पनि विवादमा आयो । कार्यक्रमको एक एपिसोड युट्युबबाट समेत हटाइयो ।

यो लकडाउनका बेला सन्दीप पनि विवादमा तानिए । त्यसो त अनुहारमा कालो पोतो लगाएर मधेशी समुदायको अपमान गरेको आरोप उनीमाथि लागिरहन्थ्यो ।

यसपटक भने सन्दीपविरुद्ध उजुरी नै परेको छ । वीरगञ्जका एक व्यवसायीले सन्दीपविरुद्ध महानगरीय प्रहरी कार्यालय टेकुमा हुलाकमार्फत उजुरी पठाए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  २ : ०८ बजे

सडक स्तरोन्नति गर्न युवाहरूको माग

पाल्पा– पाल्पाकाे निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका

विद्यार्थी कम भएपछि पाँच सामुदायिक विद्यालय समायोजन

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ ।

विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम 

काठमाडौं– उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय

बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज 

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा अदालतको अवहेलना सम्बन्धी

जसपा कर्णाली अध्यक्षसहितका नेता माओवादीमा प्रवेश

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कर्णाली प्रदेशका