तनहुँ पहिरो : मृत्यु हुनेको संख्या छ पुग्यो, पाँच बेपत्ता « Khabarhub

तनहुँ पहिरो : मृत्यु हुनेको संख्या छ पुग्यो, पाँच बेपत्ता


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको निधन भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन् । कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ ।

सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु भएको छ । त्यस्तै पहिराले पुरिएर म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ ।

ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पहिराले पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ भने बाँकी चार जना बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

स्थानीय अनबहादुर थापाको घर पहिराले पुरिँदा जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा थापा, अनबहादुरको कान्छो छोरा २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन् । सोही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापाको भने उद्धारपछि उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १२ : ४१ बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा