शिष्टताको पराकाष्टा नाघे कानूनी उपचारमा जाने फिल्म क्षेत्रका संघसंस्थाको चेतावनी « Khabarhub

शिष्टताको पराकाष्टा नाघे कानूनी उपचारमा जाने फिल्म क्षेत्रका संघसंस्थाको चेतावनी


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समययता सामाजिक सञ्जाल लगायत केही सञ्चार माध्यममा दिइएका अन्तर्वार्तालाई लिएर आरोप प्रत्यारोप भएकोप्रति फिल्म उद्योगसँग सम्बन्धित संघसंस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

नेपाली चलचित्र उद्योगसँग सम्बन्धित ७ संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आरोप, प्रत्यारोप, विवाद, गालीगलौज र अशिष्टताको पराकाष्टा नाघेको समेत उल्लेख गरेका छन् ।

‘अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्नु, अश्लील आक्षेप लगाउनु, व्यक्तिगत चरित्रहत्या गर्नु कसैको पनि अधिकार छैन,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको हर्कत निन्दनीय मात्र होइन, अक्षम्य पनि हुन्छ ।’

‘नेपाली चलचित्र, चलचित्रकर्मी र दर्शकबीच अन्योन्याश्रित सम्बन्छ रहेको छ, दर्शकहरुको अपार श्रद्धा, सद्भाव र मायाले चलचित्रकर्मी लोकप्रिय भएका हुन्, यो तथ्यलाई हामीले भुल्नुहुँदैन,’ विज्ञप्तिमा भनिएको छ ।

साथै विज्ञप्तिमा दर्शकको नाममा र लोकप्रियताको नाममा एकअर्कालाई लागीलगौज गर्नु र अशिष्टता प्रदर्शन गर्नु न्यायोचित नहुने भनिएको छ । ‘यदि कुनै पक्षबाट पनि शिष्टताको पराकाष्टा नाघेमा कानूनी उपचारमा जानु बाध्यकारी हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ र नेपाल चलचित्र नृत्य संघले जारी गरेको संयुक्त विज्ञप्तिमा गालीगलौज र आरोप प्रत्यारोप नरोकिए नेपालको साइबर कानून अनुसार र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारवाहीको प्रक्रिया अगाडि बढाउने बताइएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ५ : १९ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने