शिष्टताको पराकाष्टा नाघे कानूनी उपचारमा जाने फिल्म क्षेत्रका संघसंस्थाको चेतावनी « Khabarhub

शिष्टताको पराकाष्टा नाघे कानूनी उपचारमा जाने फिल्म क्षेत्रका संघसंस्थाको चेतावनी


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समययता सामाजिक सञ्जाल लगायत केही सञ्चार माध्यममा दिइएका अन्तर्वार्तालाई लिएर आरोप प्रत्यारोप भएकोप्रति फिल्म उद्योगसँग सम्बन्धित संघसंस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

नेपाली चलचित्र उद्योगसँग सम्बन्धित ७ संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आरोप, प्रत्यारोप, विवाद, गालीगलौज र अशिष्टताको पराकाष्टा नाघेको समेत उल्लेख गरेका छन् ।

‘अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्नु, अश्लील आक्षेप लगाउनु, व्यक्तिगत चरित्रहत्या गर्नु कसैको पनि अधिकार छैन,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको हर्कत निन्दनीय मात्र होइन, अक्षम्य पनि हुन्छ ।’

‘नेपाली चलचित्र, चलचित्रकर्मी र दर्शकबीच अन्योन्याश्रित सम्बन्छ रहेको छ, दर्शकहरुको अपार श्रद्धा, सद्भाव र मायाले चलचित्रकर्मी लोकप्रिय भएका हुन्, यो तथ्यलाई हामीले भुल्नुहुँदैन,’ विज्ञप्तिमा भनिएको छ ।

साथै विज्ञप्तिमा दर्शकको नाममा र लोकप्रियताको नाममा एकअर्कालाई लागीलगौज गर्नु र अशिष्टता प्रदर्शन गर्नु न्यायोचित नहुने भनिएको छ । ‘यदि कुनै पक्षबाट पनि शिष्टताको पराकाष्टा नाघेमा कानूनी उपचारमा जानु बाध्यकारी हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ र नेपाल चलचित्र नृत्य संघले जारी गरेको संयुक्त विज्ञप्तिमा गालीगलौज र आरोप प्रत्यारोप नरोकिए नेपालको साइबर कानून अनुसार र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारवाहीको प्रक्रिया अगाडि बढाउने बताइएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ५ : १९ बजे

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल